मुखै पच्किने गरी खाइयो

छ्यासीकोट ललितपुरमा जन्मिएकी तेक्वान्दो खेलाडी निमा गुरुङको पुख्र्यौली थलो मुस्ताङको कागबेनी हो। उनका पितादेखिको पुस्ता अहिले उपत्यकामा बस्न थालेको निकै भइसकेको छ।

आफ्नो ठाउँ र समुदायबाट एक्लो तेक्वान्दो खेलाडी भएको बताउने उनले दर्जनौँ गोल्ड मेडल जितिसकेकी छन्। नौ वर्षको उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी र हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) बाट वर्षको सर्वोत्कृष्ट महिला खेलाडी बन्न सफल उनै निमासँग पुष्पा थपलियाले गरेको अन्तरंग कुराकानीः

सबैले सोध्ने प्रश्नबाटै सुरु गरौँ है, कसरी आउनुभयो खेल क्षेत्रमा, त्यो पनि तेक्वान्दोलाई छानेर ? भन्दा गफ लगाएजस्तो हुन्छ तर मेरो खेलाडी बन्नुको कारण अरुको जस्तो छैन। सानोमा म निकै मोटी थिएँ। तपाईं आफैँ अनुमान लगाउनुस् न, आठ वर्षको उमेरमा पचास केजी भनेको कत्रो होला ! मलाई स्कुलमा सबैले हात्ती भनेर बोलाउँथे। मेरो भाइ पनि मोटो थियो। त्यही भएर आमाले हामी दिदीभाइलाई सुरुमा डान्स क्लास राखिदिनुभयो, नाचेर वेट घट्ला भनेर।

फेरि नाच्न लाग्दा मेरो कम्मर छ नि, मरे पनि नभाँच्चिने भन्या ! अब कम्मरै मर्काउन नआउने भएपछि कसरी पो तौल घट्छ र ? अनि आमाले फिजिकल फिटनेशकै लागि भनेर तेक्वान्दोमा भर्ना गरिदिनुभयो। हाम्रो घरअगाडि नै भएको छ्यासीकोट तेक्वान्दो समाजमा सुरुमा भर्ना हुँदा सबै ठूला मान्छे मात्रै थिए।

साना भनेको त धीरेन्द्र भन्ने केटा र हामी दिदीभाइ मात्रै १ गुरुले समेत सानैमा तेक्वान्दो खेलाउँदा शरीरको वृद्धिविकासमा समस्या आउला भन्नुभएको थियो रे ! पछि आमाले यिनीहरुलाई खेल नै खेलाउने हैन तौल घटाउन र अन्य बच्चासँग धुलोमा नखेलोस् भन्नको लागि मात्रै हो भनेर गुरुलाई मनाउनुभएको थियो !

अनि गुरुले भनेजस्तै बच्चा बेलामा तेक्वान्दो खेल्दा साइड इफेक्ट हुँदोरहेछ त र ? त्यस्तो साइड इफेक्टकै बारेमा त थाहा भएन, मैले त बरु यसको प्लसपोइन्ट पो बढी पाएँ ! जस्तो कि, सानैदेखि शरीर फेक्जिबल हुने, उचाई पनि बढ्ने, सबै बडी पार्टको एक्सरसाइज भएपछि त्यसले राम्रै गर्ने रहेछ। बच्चा बेलादेखि नै तेक्वान्दो खेलाए उसको भविष्य पनि राम्रै हुँदोरहेछ, नपत्याए मलाई नै हेर्नुस् (हाँस्दै)। सानैदेखि तेक्वादो खेल्ने मौका पाएँ र त यो कस्तो खेल रहेछ भन्नेबारे थाहा पाएँ नि !

के रहेछ त तेक्वान्दो भनेको र ? आम मानिसको भाषामा भन्दा तेक्वान्दो हात र खुट्टाले खेल्ने खेल हो तर मेरो भाषामा भन्ने हो भने यो फ्रेम, क्रेज तथा केही गर्ने तीव्र इच्छाशक्ति हो। मलाई अहिले कस्तो लाग्छ भने, तेक्वान्दो नभएको भए म जन्मिनुको औचित्य नै हुँदैनथ्यो। तेक्वान्दो छ र म छु।

तपाईंलाई तेक्वान्दोमा लागेर के गुमाएँजस्तो लाग्छ ? (हाँस्दै) जे पाउँछु, अन्य गुमाएर नै पाउँछु। म मोटी मान्छे, अहिले पनि गुमाएको कुरा भनेको तौल बढाउने स्वतन्त्रता नै होे। तपाईँ आफैँ विचार गर्नुस् न, मेरो नर्मल तौल भनेको उचाइअनुसार ५८ देखि ६० केजीसम्म हो तर मैले खेलका लागि पु(याउनुपर्ने हुन्छ, ४९ देखि ५३ केजीसम्म। ५४ केजीसम्म त बल्लतल्लै पु(याइन्छ तर जब ५३ मा टेक्ने बेला हुन्छ नि, आँखाबाट आँशु झर्छ।

नुनिलोका लागि थोरै तरकारी र पानीमा दिन बिताउनु पर्दाको पीडा कति हुन्छ, त्यो मलाई जति कसलाई थाहा होला र १ त्यसमाथि ट्रेनिङ, ५० राउन्ड रंगशालाको दौड मार्नुपर्ने हुन्छ। कहिलेकाहीँ त म यत्ति धेरै दुःख केका लागि गरिरहेकी छु जस्तो पनि लाग्छ। हामीले तौल लिँदा सबै कपडा खोलेर लिनुपर्ने हुन्छ, त्यो बेलामा आफ्नो शरीर देखेर आफैँलाई माया लागेर आउँछ। हड्डी र करङमा छाला मात्रै टाँसिएको हुन्छ।

यति धेरै गुमाएर पाएँ जस्तो चाहिँ के लाग्छ नि रु यही हो, मानिसको नजरमा मान सम्मान। कहिलेकाहीँ यत्ति धेरै मिहिनेत गरेर पनि ठूला खेलमा सेलेक्ट हुन नसक्दा, जति खटिए पनि गोल्ड जित्न नसक्दा आफू निकै अभागी भएको महसुस हुन्छ। अझै गुरुहरुले यसको तर्फबाट गोल्ड मेडल पक्का भनेर गनेर बस्नु र आफूले त्यो हासिल गर्न नसक्नु त मरेजस्तै लाग्छ।

अनि अर्को कुरा, मेरा अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भनेको रियो ओलम्पिकका लागि फिलिपिन्समा खेलेको क्वालिफाइड खेल हो। त्यो खेलमा मैले थर्ड मेडल हात पारें, नेपालको लागि पनि त्यो सानको विषय थियो तर यसबारे कसैलाई थाहै भएन। दीपक गुरु र सन्ध्या गुरु पछिको ठूलो मेडल थियो तर मिडियाहरुमा यसको बारेमा आउँदै आएन, यो पनि दुःख लाग्छ। अब ओलम्पिकमा जानु र सागमा गोल्ड जित्नु मेरो लक्ष्य बनिसकेको छ, यो पूरा नगरी त मर्दिनँ होला।

तपाईंले धेरैपटक आफूलाई भाग्यले साथ नदिएको भनिरहनु हुन्छ, कारण के होला, कहाँनेर चुक्यो त भाग्य रु
परिवारकै जेठो सन्तान भएर जन्मनु नै मलाई भाग्यले साथ नदिनु हो जस्तो लाग्छ। हाम्रो पसल छ, सानैदेखि त्यसैबाट आमाबाबाले हामीलाई हुर्काउनुभयो। पहिले हाम्रो कारखाना थियो। त्यहाँ आमा काम गर्न आउँदा भेट भएर लभ प¥यो र बिहे भयो। त्यो पनि तामाङ र गुरुङको इन्टरकास्ट म्यारिज १ त्यसपछि दुःखका दिन धेरै आए।

अनि तपाईंलाई लभ गर्ने फुर्सत छ त रु ९हाँस्दै० खेलाडी छन् त १ जतिखेरै उनीहरुसँगै बिताइन्छ डेटिङ पनि त्यतै सेटिङ पनि त्यतै।

तेक्वान्दोमा त मुक्कामुक्की पनि गज्जबसँग हुन्छ। अनि तपाई त छोरी मान्छे। यसो अनुहारतिर चोट लाग्ला र बिहे नहोला भन्ने लाग्दैन रु ९हाँस्दै० लाग्छ नि किन नलाग्नु १ हाम्रो त झन् करियर नै हातखुट्टा चल्दासम्म मात्रै हो। खुदा न खास्ता १ केही भइहाल्यो भने त सक्किगो नि १ अनि यी सानातिना चोटपटक भनेका त हाम्रालागि दालभातजस्तै हुन्। सन् २०१८ को एसियन गेमका बेला मेरो खुट्टाको एङ्कल ९गोलीगाँठो० गयो, त्यो बेलामा मैले इतिहासकै झुर खेलेकी थिएँ। फेरि गुरुहरु पनि दयामाया देखाउँदैनन्।

सानो बेलामा थाहा नभएर बसेका खिलहरुले पनि खुट्टा निकै दुखाउँछन्। विदेशीहरुसँग खेल्दा त झनै उनीहरुको हाइट पनि हुने, यति किक खाइन्छ कि कुरै नगरौँ १ हप्ता दिनसम्म कानै नसुन्ने, दाँतले खाना चपाउनै नसक्नेसम्म हुन्छ। अहिले सुनाउँदा रमाइलो लाग्छ, त्यही भएर सुनाइहालौं, मैले सबैभन्दा धेरै कुटाई खाएको भनेको २०१० मा खान्जो सेलेक्सनमा हो।

Posted on

Leave a Reply

Your email address will not be published.