यी हुन् घास काटेर नर्स बनेकी चेपाङ चेली (सबैले सेयर गरौं)

हाम्रो समुदायमा धेरै जातजाति धर्म कर्ममा बिश्वास गर्ने समुदाय मानिसहरु मिलेर बस्छन । ४ बर्ण ३६ जातको सुन्दर फुलबारी पनि हो । आज हामी त्यही भित्र पर्ने एक जना नेपाली चेली जो घास काटेर चेपाङ समुदायाबट पहिलो पटक नर्स बनेकी छिन उनैको बारेमा चर्चा गर्नेछौ । घास काटेर नर्स बनेकी सरिता चेपाङ को कथा धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, लैताककी सरिता चेपाङ २० वर्षकी भइन्।

गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे गरिसके। उनीसँगै स्कुल पढ्ने ती साथीहरूले एसएलसी तहको अध्ययन पनि पूरा गरेनन्। तर सरिता गाउँमै पहिलो पटक आफ्नो समुदाय बाट नर्सिङ पढाइ पूरा गर्न सफल भएकी छन्। नर्सिङ अध्ययन उत्तीर्ण गरेकी उनले नर्सिङ काउन्सिलको परीक्षा दिएर लाइसेन्स समेत लिइ सकेकी छन्। उनका एक दिदी दुई बहिनी र एक भाइ छन्।

पाँच सन्तानमध्ये उनी पढाइमा अरु भन्दा अलिक धेरै मेहनती थिइन्। अभिभावकले पनि पढ्न प्रोत्साहन गरे। घरबाट २० मिनेट लाग्ने चित्रकला प्राथमिक विद्यालयमा ५ कक्षा ८ सम्म पढिन्। त्यसभन्दा माथि पढ्न एक घण्टा हिँडेर विद्यालय जानुपर्दछ।बारीमा फल्ने मकैले परिवारलाई वर्षभरि खान पुग्थ्यो। तरकारी खेती बाट हुने आम्दानीले घर खर्च मिलाएर बुबाआमाले आफूलाई पढाएको सरिताले सुनाइन्।

काउली काँक्रो भिण्डी साग घिरौंला लगाउन उनले अभिभावकलाई सघाइन्। बिहान बारीमा जानुअघि स्कुलको गृहकार्य सक्थिन्। हरेक दिन सबेरै उठेर होमवर्क गर्थिन ५ बजेदेखि ८ बजेसम्म बारीमा काम गर्थें, उनले भनिन्, स्कुलबाट फर्केपछि पनि घाँस काट्ने बारी खन्ने गरेर बुबाआमालाई सधै काममा सघाउँथे। गाउँमा उनलाई देखाएर स्थानीयले आफ्ना बालबालिकालाई पढ्नुपर्छ भनेर उपदेश दिन्छन्।

नर्स बनेकी उनी अहिले रोजगारीको खोजीमा छिन्। पढाइ सकें लाइसेन्स नि लिएँ सरिता भन्छिन् अब जागिर गर्नुछ। अनि आफ्नो परिवारलाई पैसा कमाएर खुशी दिने ठुलो सपना पनि रहेको छ । विद्यालय तहको पढाइमा हरेक वर्ष स्कुल टप गरिन्। कक्षा ४ पढ्दा हेडसरले विद्यार्थीलाई भविष्यमा के बन्छौं भनेर सोधेका थिए। कक्षाका साथीहरूमध्ये कसैले पाइलट कसैले इन्जिनियर बन्छु भने।

सरिताले चाहिँ डाक्टर बन्ने लक्ष्य रहेको बताइन्। तर हेडसरले डाक्टर पढ्न त धेरै खर्च लाग्छ भने पछि उनले डाक्टर बन्ने लक्ष्य त्यतिबेलै त्यागिन्। र नयाँ सपना देखिन् नर्स बन्ने। नर्स बन्न डाक्टरी पढ्दाजस्तो धेरै खर्च नलाग्ने उनले सुनेकी थिइन्। त्यही बेला देखि आफूले नर्स बन्ने लक्ष्यका साथ अध्ययन अघि बढाएको उनी बताउँछिन्। तर एसएलसी सक्दा सम्म उनलाई नर्स बन्ने सपना पूरा होला कि नहोला शं कै थियो।

अभिभावकले नर्सिङ पढाउन सक्दैनन् भनेर उनले कक्षा ११ शिक्षा संकायमा भर्ना हुन ठिक्क परेकी थिइन्। त्यही समय उनी हामीले नगरे कसले गर्ने सामाजिक संस्थाको सम्पर्कमा पुगिन्। उक्त संस्थाले नर्सिङ पढ्न सहयोग गर्ने भएपछि सरिता चितवन आइन्। पहिलो पटक चितवन आएकी थिएँ उनी सम्झन्छिन् ‘ठूलो बजारमा हराउँछु की भन्ने डर पनि लाग्यो। ठुला ठुला घरहरु धेरै सवारी साधनहरु देख्दा आफुलाई अर्के अनुभव हुन्थ्यो अनि सुनाउछिन ।

असारको अन्त्यतिर आएकाले धेरैजसो इन्स्टिच्युटमा ब्रिजकोर्सको पढाइ सकिनै लागेको थियो। उनले आठ दिन मात्र कक्षा लिइन्। होस्टेलमा बसेर प्रवेश परीक्षाको तयारी गरिन्। पहिलोपटक घर छाडेर आएकी उनलाई परिवारको यादले धेरै खुव सताउँथ्यो। एक्लै बसेर रुन्थिन्। अंग्रेजी भाषामा परीक्षाको तयारी गर्नुपर्दा आत्तिइन् उनी। घर छाडेपछिको नरमाइलो अनुभूति र पढाइका अप्ठ्यारा अनुभव लाई उनले हामीले नगरे कसले गर्ने रु

संस्थाका अध्यक्ष विनोदबाबु रिजाललाई सुनाउँथिन्। उहाँकै हौसलाले घरबाहिर बसेर पढ्ने आँट आयो उनी सुनाउँछिन् साउनमा दुई ठाउँमा इन्ट्रान्स दिएर घर फर्किएँ। प्राविधिक तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटी को परीक्षामा छात्रवृत्तिमा २५ औं नम्बरमा र भरतपुर अस्पतालको नर्सिङ कलेजमा तेस्रो नम्बरमा नाम निकालिन्। सिटिइभिटीको छात्रवृत्तिमा भरतपुर अस्पतालको नर्सिङ कलेजमा पढ्थ थालिन्।

उनले यही वर्ष नर्सिङ अध्ययन पूरा गरेकी हुन्। नर्सिङ ब्याचमा उनी दोस्रा भइन्। नर्सिङ काउन्सिलको परीक्षा दिएर लाइसेन्स समेत लिएकी छन् अहिले सरिताले । यो सरिता चेपाङको यो प्रेरणादायी संर्घषको कथा कस्तो लाग्यो मन परे एक सेयर गर्नुहोला । बिभिन्न अनलाईनहरुबाट साभार गरिएको हो । सम्मानो लागि एक सेयर लाईक गर्नुहोला ।

Posted on

Leave a Reply

Your email address will not be published.